सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ४३ जनामा कोरोना संक्रमित थप भएका छन् ।  बुधवार कर्णालीका विभिन्न स्वाब संकलन केन्द्रबाट लिएको स्वाब परिक्षणका आधारमा कर्णालीका सांसद, क्याम्पस प्रमुख सहित ४३ जनामा कोरोना कोभिड १९ संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

 

प्रदेश अस्पताल पशुपक्षि रोग अन्वेषण प्रयागशाला सुर्खेतमा गरेको परिक्षणमा सुर्खेतका १०, दैलेखका १, सल्यानका १७, डोल्पाका १ र कास्कीका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

तिवारीका अनसार दैलेख अस्पताल दैलेखमा गरेको परिक्षणबाट दैलेखका ३ र कर्णाली स्वास्थ्य जिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणबाट जुम्लामा ९ र बाँकेका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बुधवार सम्म १ सय ६१ जना आईसोलेसनमा रहेको र १ सय ९२ जना सक्रिय केश रहेको तिवारीले जानकारी दिए । हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १९३२ पुगेको छ ।

यसैविच, ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएर नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार, भाद्र ०३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957