सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै ३७ जना कोरोना संक्रमित थप भएका छन् ।
प्रदेश अस्पताल पशुपक्षीं रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा गरिएको परिक्षणबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाका ४० जना संक्रमित र सुर्खेतमा मात्र ३७ जना कोरोना संक्रमित थप भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।
वीरेन्द्रनगर भ्यालीमा मात्र २८ जना संक्रमित थप भएका छन् । वीरेन्द्रनगर वडा नं. ३ मा ४, वीरेन्द्रनगर वडा नं. ४ मा १०, वीरेन्द्रनगर वडा नं. ५ मा २, वीरेन्द्रनगर वडा नं. ७ मा १, वीरेन्द्रनगर वडा नं. ८ मा १, वीरेन्द्रनगर वडा नं. १२ मा १० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, चौकुने गाउपालीक ४ मा १ जना, गुर्भाकोट नगरपालीका ८ मा ६ जना र गुर्भाकोट नपा ९ मा २ जना थप भएका छन् भने जुम्ला, बाँके र बैतडीका १ १ जनामा कोरोना पष्टि भएको छ ।
योसंगै कर्णालीमा कुल संक्रमितको संख्या २हजार ४ सय ४२ पुगेको छ भने कोरोना जित्नेको संख्या १५ जना सहति जम्मा २ हजार ८६ जना रहेको छ ।
सोमबार, भाद्र १५, २०७७मा प्रकाशित गरिएको