सुर्खेत । चैत्र ७ गते शनिबार सुर्खेत सहितका चार जिल्ला ७ घण्टासम्म विधुत आपूर्ति बन्द हुने भएको छ । अत्तरीया ग्रिड शाखा अन्तर्गत रहेको कोहलपुर ३३ के.भि सवस्टेशनको ६३ एमभिए टान्सफर्मर १ को ३३ के.भी साईडको टान्सफर्मरदेखि बरबारसम्मको कन्डक्टरहरु अपग्रेट कार्य गर्न लागिएकोले शनिवार विद्युत आपूति बन्द हुने भएको हो ।
कोहलपुर सुर्खेत १२३ ३३ के.भि प्रशारण लाईन अन्तर्गत कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका सम्पूर्ण क्षेत्रहरुमा बिहान ७ बजेदेखि दिउसो २ बजेसम्म कर्णाली प्रदेशका सुर्खेत सहित ४ जिल्लामा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
शुक्रबार, चैत्र ०६, २०७७मा प्रकाशित गरिएको