सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ४ सय ९७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा आरटी पिसिआर विधिबाट गरिएको परिक्षणमा २ सय ६६ र ¥यापिड एन्टिजेन विधिबाट गरिएको परिक्षणमा २ सय ३१ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेमा सुर्खेतका ३ सय ८, दैलेखमा ४७, जुम्लाका २०, जाजरकोटका १४, सल्यानका २२, रुकुम पश्चिमका ५४, कालिकोटका १३, मुगुका १८ र डोल्पाका १ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमित उपचार पछि निको भएका छन् । यो संगै कुल निको हुनेको संख्या ७ हजार ७ सय ९ रहेको छ । थप २ जना संक्रमितको मृत्यु भएसंगै संगै कुल मृतकको संख्या ६५ पुगेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

यसैविच, देशभर ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७ सय ५६जनाको पीसीआर र ६ सय १० जनाको एन्टिजेन परीक्षण भएकोमा ८ हजार ६ सय ५९ जनालाई संक्रमण पुष्टि भएको हो । जसमध्ये ८ हजार ६ सय ५ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५४ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

बुधबार, बैशाख २२, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957