काठमाण्डाैं । अफ्रिकी देश मालीमा २५ वर्षकी महिला हालिमा सिसेले ले एकै पटक नौ सन्तान जन्माएकी छन ।
पहिला डाक्टरले उनको गर्भमा सातवटा भ्रूण भएको बताए पनि उनले नौ सन्तान जन्माएकी बीबीसीले जनाएको छ ।
सिसेले पाँच छोरी र चार छोरा गरि नौ सन्तान जन्माएकी हुन् ।
उनीका पति खुसी हुँदै भनेका छन् “मेरा श्रीमती र बच्चाहरू स्वस्थ छन्, यसमा म धेरै खुसी छु।
पश्चिम अफ्रिकी राष्ट्रका डाक्टरले आमा र बालबच्चा बचाउन गाह्रो हुने बताएपछि माली सरकारले उनलाई मोरोक्को पुर्याएको थियो ।
दुई हप्ता मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा बसेपछि उनलाई मार्च २० मा मोरोक्को लगिएको थियो । सिसे र उनका बालबच्चा केही हप्तापछि माली फर्किने अपेक्षा गरिएको छ ।
मोरोक्कोमा पाँच हप्ता अस्पताल बसेपछि मङ्गलवार शल्यक्रिया गरेर बच्चाहरू जन्माइएको थियो ।
बिहिबार, बैशाख २३, २०७८मा प्रकाशित गरिएको