सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर छेउमा पर्ने ‘पाताल दरबार’को नाम सुनिदैन थियो । जंगलको बीचमा रहेको सानो रमणीय उक्त ठाउँ केही समयअघि सम्म गुमनाम थियो । नामै नसुनिने यो पाताल दरबार पछिल्लो समय एक्कासी पर्यटकीय स्थल बनेको छ ।
वीरेन्द्रनगर नगरपालीका २ मा पर्ने यो माटोका पहाड बनेका छन् । ती माटोका पहाडहरु दरबार आकृतिमा पनि बनेका छन् । बीचमा सानो मैदान समेत छ ।
उक्त ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउन पहल गर्ने स्थानीय केशव कोईरालाका अनुसार जंगलको बीचमा दरबार आकृतिका माटोका पहाड र बीचमा चौर भएकाले यसलाई ‘पाताल दरबार’ नाम जुराईएको हो ।
त्यहाँ अवलोकनका लागि जाने पर्यटकहरु अधिकांश पहिलोपटक गएका भेटिन्छन् । त्यहाँ गएका मानिसहरूले तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्न थालेपछि त्यहाँ पर्यटकहरु उत्सुकताका साथ पुग्ने गरको कोईरालाले बताए ।
शनिबार, बैशाख २५, २०७८मा प्रकाशित गरिएको