मन्त्री विमला केसी र नरेश भण्डारीले दिए राजिनामा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषद् परिवर्तन गरेका छन् । यसअघि २०७४ माघमा नियुक्त हुनु भएका मन्त्रीद्वय विमला केशी र नरेश भण्डारीले राजिनामा दिएपछि माओवादी केन्द्रका तीन जनालाई मन्त्रीलाई नियुक्त गएिको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार नियुक्त हुनेमा विन्दमान विष्ट, सीता नेपाली र गोपाल शर्मा छन् । विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर जलश्रोत मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । विष्ट र नेपाली सुर्खेत तथा शर्मा रुकुमपश्चिमबाट प्रदेश सभामा प्रतिनीधित्व गर्ने सांसद हुन् ।
बुधबार, बैशाख २९, २०७८मा प्रकाशित गरिएको