काठमाण्डौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन नियुक्ती भएका छन् । ठूलो पार्टीको हैसीयतले प्रदेश प्रमख सीता पौडेलले गुरुङलाई पुन नियुक्त गरेका थिए । बहुमतको सरकारका लागि आह्वान गरिएको समय भित्र हस्ताक्षर सहितको दाबी पत्र पेश नभएको भन्दै प्रदेश प्रमुखलले गुरुङलाई नियुक्त गरिएको हो ।
यस अघि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई दावी गर्दै विपक्षी चार दलको गठबन्धनले प्रदेश प्रमुख सीता पौडेललाई पत्र बुझाएको थियो । कांग्रेसका १५, सभामुखसहित माओवादीका १२, राष्ट्रिय जनमोर्चाको ३, जसपाको दुई संख्याको समर्थन रहेको भन्दै २९ जनाको हस्ताक्षर सहितको दाबी पेश गरेको थियो ।
राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण बहादुर थापा र खिमबिक्रम शाही तटष्ठ बसेपछि गठबन्धनलाई हस्ताक्षर नपुगेको हो ।
बुधबार, बैशाख २९, २०७८मा प्रकाशित गरिएको