सुर्खेत । नेपाल पत्रकार महासंग दैलेख शाखाले “अक्सिजनका लागि मेरो १००+” अभियान सञ्चालन गरेको छ । देश कोभिड १९ का संक्रमण दर उच्च रहेको र सरकारी तवरबाट मात्र अक्सिजनको पुर्ती नभएकोले स्थानिय स्तरबाट ब्यक्तिगत सहयोग जुटाउन महासंघले सास नपाएर कसैले ज्यान गुमाउन नपारोस् भन्ने हेतुले अभियान सुरु गरेको हो ।
यो अभियानमा सुर्खेतका युवा ब्यवसायी चित्र सुनारले पनि आफ्नो हात बढाएका छन् । सुर्खेतमा ब्यवसाय गर्दै आएका सुनारले नेपाल पत्रकार महासंघ दैलेख शाखाको राट्रिय बाणिज्य बैंक दैलेखमा रहेको खातामा रु. एक हजार एक सय एघार रुपैयाँ सहयोग गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघ कर्णालली प्रदेशका सचिव समेत रहेका सुनार विद्यार्थी युवा समेत हुन् ।
जो कोही सहयोग दाताहरुले महासंघको रावा बैैंक दैलेखको खाता नं. ४०१०१०००१२९६७०१० मा रु. १०० भन्दा माथी सहयोग गर्न सकिने महासंघ दैलेख शाखाका ले जानकारी दिए ।
आइतबार, जेठ ०२, २०७८मा प्रकाशित गरिएको