राष्ट्रपती र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारी

महाअभियोग लगाएर राष्ट्रपति हटाउन तरुण दलको माग

ज्वाला अपडेट

४ वर्ष अगाडि

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको छ । संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको आव्हानको विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको हो ।

अधिवक्ताद्धय वीरभद्र जोशी र सन्तोष भण्डारीले राष्ट्रपतिले गरेको सरकार गठनको आव्हान गैरसंवैधानिक भएको भन्दै छ्ट्टाछुट्टै रिट हाल्ने तयारी गरेका छन् । राष्ट्रपति भण्डारीले शुक्रबार साँँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि प्रतिनिधिसभाका सदस्यलाई आव्हान गरेकी थिईन् ।

प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिच्ने काम गरेको भन्दै चौतर्फी विरोध

 

प्रधानमन्त्रीमा केपी शर्मा ओली पुनः नियुक्त भएपछि संसदबाट ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाभएपनि त्यलाई पन्छाउँदै राष्ठ्रपति भण्डारीले नयाँ सरकार गठनको आव्हान गरेकी थिईन् ।

महाअभियोग लगाएर राष्ट्रपति हटाउन तरुण दलको माग

नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाई हटाउन माग गरेको छ । राष्ट्रपति भण्डारीले हिजो नयाँ सरकार गठनका लागि प्रक्रिया थालेपछि तरुण दलले महाअभियोग लगाएर हटाउन माग गरेको हो ।

तरुण दलले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पनि नलिएको र राजीनामासमेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको जनाएको छ । यस कदमले संविधानमाथि राष्ट्रपतिबाट फेरि घात भएको तरुण दलले जनाएको छ ।

शुक्रबार, जेठ ०७, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957