कैलाली । सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको कोरोनाबाट निधन भएको छ । काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा मल्लको निधन भएको हो । एक हप्ता अगाडी कोरोना पुष्टि भएपछि मल्ललाई अस्पताल गरिएका मल्लको उपचारकै क्रममा गएराती निधन भएको हो ।
निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको आजै अन्त्येष्टि गरिने छ । मल्ल २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो ।
त्यसको २ वर्षपछि २०७६ कार्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारले उहाँलाई पदमुक्त गरेको थियो ।
बिहिबार, जेठ १३, २०७८मा प्रकाशित गरिएको