सुर्खेत । सुर्खेत कोहलपुर रत्न राजमार्गको वीरेन्द्रनगर–११, सानो व्यूरेनीमा आज दिउँसो मिनि ट्रकले स्कुटीलाई ठोक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भेरी पुलतर्फबाट आउँदै गरेको कर्णाली प्रदेश–०२–००१प–७६६९ नम्वरको स्कुटीलाई विपरित दिशा वीरेन्द्रनगरबाट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१क–०१२३ नम्वरको मिनि ट्रकले ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–१२, का २४ वर्षीय रविन रानाको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटना हुँदा स्कुटरको पछाडी बसेकी रानाकी आफ्नै दिदी ३२ वर्षीया रानी राना समेत सख्त घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गणेश वमले जानकारी दिए । उहाँले दुर्घटनामा परी सख्त घाईते रानी रानाको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको बताए ।

स्कुटीलाई ठोक्कर दिने मिनि ट्रक प्रहरी नियन्त्रणमा रहेपनि चालक फरार रहेकाले खोजी कार्य तीव्र पारिएको उनको भनाइ छ । यसअघि आजै विहान दाङदेखि तरकारी बोकेर सुर्खेत आउँदै गरेको जीप भेरीपुल अगाडि झुप्राखोलमा दुर्घटना हुँदा घोराही नगरपालिका–१३, का २८ वर्षीय जीप चालक राजु विकको मृत्यु भएको थियो भने सह–चालक घाईते भएका थिए ।

बिहिबार, कार्तिक १८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957