सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा खाना पकाउँने ग्यास लिकहुँदा पसलमा आगलागि भएको छ । जिल्ला प्रहरी कार्यलय सुर्खेतका अनुसार मंगलबार दिउँसो २ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका ४ खोर्के लाईन स्थित गणेश एण्ड गायत्री पसलमा आगललागी भएको जनाएको छ ।
कोठा भित्र खाना पकाउँन राखिएको सानो ग्यासको सिलिण्डर एक्कासी लिक भई आगो सल्किन जाँदा कोठा भित्रदेखि उक्त सिलिण्डर बाहिर हटाउँन खोज्दा छेउमै रहेको भण्डारी कस्मेटिक पसलमा आगलागि भएको हो ।
प्रहरीका अनुसार उक्त पसलमा रहेको अन्दाजी ४० हजार बराबरको समान क्षति भएको छ । हाल उक्त आगोलाई पुर्ण रुपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।
मंगलबार, मंसिर २१, २०७८मा प्रकाशित गरिएको