सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु सकिसकेपछि निषेधाज्ञा जारी गरेको छ । एम.सि.सि बिरुद्ध सुर्खेतमा सोमबार भएको आन्दोलन उग्र बन्पछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले २४ घण्टे कर्फ्यू जारी गरेको थियो । आन्दोलनको अबस्था सामान्य गराउन कर्फ्यू जारी गरेपनि फेरी आन्दोलन हुन सक्ने भन्दै बजार क्षेत्र यरिचोक, मंगलगढी चोक र हटिया चोक क्षेत्र भित्र भिडभाड नहुने गरी निषेधाज्ञा गर्ने प्रशासनले जनाएको छ ।
यी क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा हुन नदिने गरी साँझ ७ बजेबाट निधेषाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।