सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताएका छन् । उनले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गरेका हुन् ।

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’ माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका उनले एमसीसी पास भएपछि गठबन्धनमा कुनै खटन पटन नभएको बताए।

साथै, प्रचण्डले एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको दाबी गरे। उनले भने ‘हामीले अन्तत केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरम मार्फत निष्कर्ष निकाल्ने भनेर सर्वसम्मत केन्द्रीय समितिबाट निर्णय गरेपछि यो चर्चा परिचर्चामा बाहिर थिए ती सम्पूर्ण विषयको समाधान भएको छ ।’
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचन अभियानको कार्यक्रम तयार पारिएकाले हाल त्यसैको अभियानमा हिँडेको बताए ।

शुक्रबार, फाल्गुण २७, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957