सुर्खेत । सुर्खेतको बिरेन्द्रनगरमा रहेको गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी बैंककाे केयरमा आवद्ध भएको छ ।

बुधबार राष्ट्रिय सहकारी बैंकको तर्फबाट बरिष्ठ प्रबन्धक रामबाबु आचार्य, गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम कुमार बि.सीले स्तरीकरण कार्यक्रम केयरमा आवद्ध भएको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सहकारी संस्थाको सञ्चालनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाई, गुणस्तरीय सुनिश्चितता कायम गरी सहकारी संस्था एवम् अभियानको उच्च छवि निर्माण गर्ने उद्देश्यका साथ बैंकले सुरु गरेको राष्ट्रिय सहकारी बैंकका बरिष्ठ प्रबन्धक रामबाबु आचार्यले जानकारी दिए ।

स्तरीकरण कार्यक्रम अन्तर्गत केयर कार्यक्रमले सहकारी संस्थाको स्तर पहिचान, स्तर मापन एवं स्तरोन्नतिका लागि विभिन्न कार्य गर्ने गर्दछ ।

सहकारी संस्थाको प्रकृति अनुसार बचत तथा ऋण सहकारी र बचत तथा ऋण बाहेकका सहकारी संस्थाहरूका लागि छुट्टाछुट्टै सूचकाङ्कहरू विकास गरिएको र सूचकाङ्कहरूको आधारमा संस्थाको स्तर मापन गरी सोही मापनको परिणामका आधारमा संस्थाको स्तरोन्नतिमा आवश्यक प्राविधिक सहयोग गर्ने बैंकले जनाएको छ ।

स्तरीकरण कार्यक्रम केयर सम्झौतामा हस्ताक्षरपछि बोल्दै गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम कुमार बि.सीले सहकारीलाई सुरक्षित रुपमा सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरु निर्माण गर्न, सुशासन कायम राख्न, वित्तीय रुपमा सक्षम बनाउन तथा समग्रमा सहकारीको स्वास्थ्य अवस्था सुधार गर्नका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी हुने बताए ।

उनले स्तरीकरण कार्यक्रममा सहभागी भएपछि बैंकको तर्फबाट संस्थागत रुपमा अनुगमन निरीक्षण गरी सुझाव दिने र सुझावहरु कार्यान्वयन गर्दै जादा संस्थालाई धेरै व्यवस्थित गराउन सहज हुने भएकोले पनि यो कार्यक्रम प्रभावकारी हुने कुरामा जोड दिए ।

गणेशजल बहुउद्देश्यीय सहकारी संस्थासंगै बैंकले संचालन गरेको स्तरीकरण कार्यक्रम केयरमा आवद्ध हुने संस्थाको संख्या सुर्खेतमा १० वटा पुगेको छ ।

शुक्रबार, भाद्र १०, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957