सल्यान । नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको प्रधानमन्त्री आफु हुनेमा कुनै विवाद हुने नरहेको बताएका छन् ।

गोरखाबाट सुर्खेत जाने क्रममा मौसमको खराबीका कारण मंगलबार बिहान सल्यानमा आकस्मिक अवतरण गरेका दाहालले प्रेस सेन्टर सल्यानले गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले ‘मैले यसअघि प्रधानमन्त्रीको पद छाडेकाले आउने प्रधामन्त्रीका लागि कुनै विवाद हुने देखिँदैन तर प्रधानमन्त्रीका लागि म नै हुनुपर्छ भन्ने छैन,’ उनले भने ।

निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनकै सरकार बन्ने तर प्रधानमन्त्री को बन्ने भन्नेमा टुंगो नलागेको उनको भनाई थियो ।

त्यस्तै उनले केपी ओलीले जनताको त्याग‚ तपस्या र बलिदानबाट प्राप्त संविधान ध्वस्त बनाउन थालेकाले त्यसको रक्षा गर्न गठबन्धन गर्नुपरेको जानकारी दिए ।

राजा फर्काउन भैरहेको चलखेललाई रोक्न गठबन्धनको आवश्यकता भएको बताउँदै उनले भने‚ ‘हामी बहुमत ल्याएर सरकार बनाउछौं भन्ने केपी ओलीले हल्ला फैलाएर भ्रम सिर्जना गरेका छन् । यसअघि जनताले बहुमत दिँदा सरकार चलाउन छाडेर संसद् विघटन, संविधान मिच्नेजस्ता काम गरेका उनले कुनै हालतमा बहुमत ल्याउँदैनन् ।

मंगलबार, कार्तिक २२, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957