कर्णाली सरकारमा आलाेपालाे मुख्यमन्त्री सम्झाैता

मन्त्रालय भने घटाएर सात कायम हुने

ज्वाला अपडेट

२ वर्ष अगाडि

सुर्खेत । कर्णाली प्रदेश सभामा सहभागी सत्ता साझेदार दलहरूबीच तीन बुँदे सहमति भएको छ ।

बुधबार बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय र मुख्यमन्त्रीको कार्यकाल लगायतका विषयमा सहमति भएको हो ।

छलफलका क्रममा कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादीले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

आलाेपालाे साढे दुई वर्ष मुख्यमन्त्री बन्ने सहमति भएको बताउदैं नेकपा एमाले कर्णाली प्रदेश उपसचिव तथा प्रदेश सभा सदस्य टेकराज पछाईंले कसकाे भागमा कति मन्त्रालय पर्ने भन्ने सहमति भईसकेकाे बताए ।

जसअनुसार पहिलो कार्यकालका लागि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री लिँदैछ ।

पछाईंका अनुसार कर्णाली प्रदेशका मन्त्रालयको संख्या आठ वटाबाट घटाएर सात बनाउने सहमति भएको छ ।

बुधबारको छलफलबाट कर्णालीमा माओवादीले मुख्यमन्त्री सहित तीन वटा मन्त्रालय लिने र एमालेले तीन वटा मन्त्रालय लिने सहमति भएको पछाईंले जानकारी दिए । @setopati.com

बुधबार, पौष २७, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957