सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतले सरकारले लगाएकाे अनाबश्यक कर खारेजिकाे माग राख्दै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएकाे छ ।
आर्थिक वर्ष २०८०/२०८१ काे बजेट भाषण मार्फत सुन चाँदी क्षेत्रमा कर वृद्धि तथा विलासिता कर २% थप लगाउने निर्णयकाे विराेध गर्दै करमा हेरफेर गर्ने माग सहितकाे पत्र जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यलय मार्फत सरकारलाई बझाईएकाे हाे ।
सुनकाे बजार भाउ १ लाख माथि रहेकाे अबस्थामा सरकारले भन्सारमा ५०% वृद्धि गरेर १५% पुर्याएकाे र विलासिता भनेर २% कर थप गर्नु सुनचाँदी व्यवसायलाई धरासायि बनाउदै पेशाबाटै पलाएन हुनुपर्ने सरकारले बाध्य बनाउन लागेकाेले यसकाे देशभर मै विराेध भईरहेकाे सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्र बिश्वकर्माले बताए ।
यस्तै,देशमा भएकाे आर्थिक मन्दिका कारण खस्किदाे व्यापार व्यवसायमा सरकारकाे गिद्दे नजरले ग्राहकमा ठुलाे असर पर्ने र मान्छे जन्मिदा देखि अन्तिम दाहा संस्कारसम्म अनिवार्य आवश्यकपर्ने सुनलाई विलासिता मानिनुले व्यावसायीकाे मनसाय गिरेकाे छ ।
आइतबार, आषाढ १०, २०८०मा प्रकाशित गरिएको