काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सङ्घीय संसद् नयाँ वानेश्वरमा बस्न लागेको हो ।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए ।
मंगलबार, आश्विन २३, २०८०मा प्रकाशित गरिएको