ज्वाला अपडेट

४ महिना अगाडि

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले रेडियो समाजको आवाज भएको बताएका छन् ।

रेडियो बिवि एफ.एम ९३.६ मेगाहर्ज भेरीगंगा नगरपालिका ९ जहरे सुर्खेतको तेस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री शाहले संस्कृति, परम्परा र विचारहरूलाई सबैसामु पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउदै स्थानीय समुदायको लागि सूचना, शिक्षा र मनोरञ्जनको अभाव पूरा गर्दै सामुदायिक स्तरका रेडियोले एकता, सहयोग र सद्भावना फैलाउने कार्य गरिरहेको जिकिर गरे ।


रेडियो टिमबाटै अनलाइन पत्रिका, अनलाइन टिभी र रङ्गिन पत्रिका प्रकाशनमा आएको थाँहा पाउँदा अँझ खुशीको महशुस भएको भन्दै एफ. एमले स्थानीय प्रतिभालाई पहिचान दिने, स्थानीय समस्याहरूलाई उजागर गर्ने र समाधान खोज्ने माध्यम बन्ने विश्वास रहेको बताए ।

वार्षिक उत्सव कार्यक्रमको प्रमुखको अतिथिको रुपमा शुभकामना दिदैं मन्त्री शाहले आफु लामो समयदेखि समाजसेवा गर्दै राजनीतिमा आउँदै गर्दा, नेपाली काँग्रेसको तर्फबाट जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्दै २०७० सालमा संविधानसभा सदस्य र अहिले कर्णाली प्रदेशसभाको सदस्य हुँदै कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा यहाँ उपस्थित हुँदा केहि कुराहरू तपाईंहरू सामु आदान प्रदान गर्न जरूरी ठानेको र निमन्त्रणा गर्नु भएकोमा आयोजक टिम बिजि मिडिया ग्रुपलाई हृदय देखि धन्यवाद व्यक्त गरेका छन् ।

बिजि एफ.एमको माध्यमबाट कर्णालीका आम नागरिकहरूलाई प्रत्यक्ष प्रभाव पार्ने गरी स्वास्थ्य, शिक्षा, सरसफाइ, महिला सशक्तिकरण, लैङ्गिक समानता, वातावरण संरक्षण जस्ता महत्त्वपूर्ण विषयमा जनचेतना फैलाउन जरूरी रहेको औल्याउदैं ग्रामीण क्षेत्रमा सूचना र शिक्षाको पहुँच बढाउँदा स्थानीय स्तरमा समस्याहरूको समाधान खोज्न सजिलो हुने कुरा जोडे ।

हरेक समुदायका सांस्कृतिक धरोहर माथि गर्व गर्न प्रेरित गर्ने र परम्परागत ज्ञानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न, स्थानीय गीत, संगीत, भाषा, र परम्परालाई प्रोत्साहित गरेर सांस्कृतिक पहिचानलाई जोगाउने र जिवन्त राख्न रेडियोले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सामुदायिक स्तरका रेडियो एफएमले दलित, जनजाति, महिला, अल्पसंख्यक, र उत्पीडनमा रहेका समुदायहरूको आवाजलाई बलियो बनाउँने जानकारी दिदैं उनीहरूको अधिकार, क्षमता, र मुद्दाहरूलाई मिडियामा स्थान दिन्छ, जसले गर्दा उनीहरूलाई आत्मनिर्भर र सशक्त हुन मद्दत गर्ने बताए ।

उनले थपे “रेडियो एफएम मार्फत जनताको समस्याहरूलाई सम्बोधन गरेर सरकारी निकायहरू, सरोकारवाला समूहहरू, र स्थानीय नेतृत्वसँग सहकार्य गर्न सहयोग पुर्याउँछ। यसले जनता र अधिकारीबीच संवादको काम गर्छ, जसले विकासका कामहरूलाई चुस्तदुरूस्त बनाउन सहयोग पुर्याउँछ ।
प्रकोप, विपत्त वा आपतकालीन अवस्थामा रेडियो एफएमको माध्यमबाट सूचना, चेतावनी, र सुरक्षा उपायहरूको जानकारी तत्काल प्रवाह गर्दा विपद् व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याएर जनधनको क्षति कम गर्न मद्दत पुर्याउँछ ।”

विविधता पूर्ण रहेको नेपाली समाज समुदायका विभिन्न समूहलाई एक ठाउँमा ल्याएर सामाजिक एकता र सद्भाव बढाउँदै सांस्कृतिक विविधता, विचारहरूको आदानप्रदान र सहकार्यलाई प्रोत्साहित गर्ने काम एफ.एमले गर्न सक्ने कुरामा मन्त्री विश्वस्त हुदैं समाजिक विभाजन र तनावलाई कम गर्दै सामाजिक सहिष्णुता र भाइचाराको कायम राख्न मद्दत पुर्याउने बिश्वास ब्यक्त गरे ।

शनिबार, भाद्र ०१, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेत नेपालमा र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्राेडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
दर्ता नं : 15475/078/079

हाम्रो टीम

प्रकाशक : ज्वाला प्राेडक्सन नेपाल
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संवाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957