सुर्खेत । लक्ष्मी सनराईज गुटुद्वारा अनाथ बालबालिकालाई सहयोग गरिएको छ । चौकुने गाउँपालिका वडा नम्बर ७ का सिद्धेश्वरी बाल गृहमा रहेका अभिभावक गुमाएका अनाथ बालबालिकालाई लक्ष्मी सनराईज वैंकले बाल गृहमा चाहिने आवश्यक भाडा बर्तन र स्टेसनरी सामाग्री सहयोग प्रदान गरिएको प्रवन्धक विक्रम डागिले जानकारी दिए ।
सामग्री वितरण गर्दै बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष ईन्द्र बहादुर सोनीले बालबालिकाहरुको संरक्षण सरकारको तर्फबाट गर्न सक्नु पर्ने औल्याए ।
।
यस्तै, सनराईज बैक गुटुको पहलमा बालबालिकालाई सहयोग गर्दा स्थानिय सरकारले पनि अनाथ बालबालिकाहरुका लागि मापदण्डअनुसार काम गरि रहेको र बाँकी रहेका अपुर्ण कामहरू गरिदिन सिद्धेश्वरी माध्यामिक बिद्यालय बालगृहका लेखापाल देवानन्द धमलाले वडा न ७ का वडा अध्यक्ष धनिराम धमलासँग आग्रह समेत गरेका छन् ।
“सहयोग सामग्री लिएर अनाथ आश्रममा पुगेका लक्ष्मी सनसाईज बैकका प्रबन्धक बिक्रम डाँगीले गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा यस्ता अनाथ तथा असहाय एवम् बेसाहारा बालबालिकाहरुको शिक्षा, स्वास्थ्यको क्षेत्रमा ध्यान दिनुपर्ने भन्दै आगामी दिनमा अधिकार सम्पन्न स्थानीय तहले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
बुधबार, पौष २४, २०८१मा प्रकाशित गरिएको