सुर्खेत, असार ९ । सुनको भाउ अझै बढ्न सक्ने संकेत देखिएको छ । सोमबार ईतिहास कै महंगो भएको सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीको भनाई छ ।
सोमबार स्थानिय वीरेन्द्रनगर सुर्खेतको बजार भाउ तोलामा ९२ हजार १ सय रुपैयाँ रेहेको सुनको मुल्य अझै बढ्न सक्ने देखिन्छ । यो अहिलेसम्मकै महंगो दर हो । आइतबारको तुलनामा सुनको भाउ ४ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले यसको असर नेपाली बजारमा पनि परेको र भाउ अझै बढ्ने सक्ने नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२.८० अमेरिकी डलर पुगेको छ । महासंघकाअनुसार भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको छ ।
कोरोना भाइरस र लकडाउनको कारण आम्दानी घटेकाले पनि सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीको भनाई छ ।
यो पनि हेर्नुहोला……………….
https://www.youtube.com/watch?v=zRAInoew2bs&t=17s
मंगलबार, आषाढ ०९, २०७७मा प्रकाशित गरिएको