सुर्खेत, असार १४ । कोरोना परीक्षणको लागि कर्णाली प्रदेशले प्रयोगमा ल्याएको सुर्खेतको आरटी पीसीआर मेसिन बिग्रिएको छ ।

प्रदेश अस्पताल सुर्खेतले पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर सञ्चालन गर्दै आएको मेसिन शुक्रबारदेखि बिग्रिएको हो ।

यो मेसिनबाट यसअघि दैनिक करिब चार सय स्वाबको परीक्षण गरिदै आएको थियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीका अनुसार बिग्रीएको मेसिन मर्मतका लागि आइतबारमात्रै पहल थालिने भएको छ ।

‘शुक्रबार नै मेसिन बिग्रीएको हो, सफ्टवयरमा समस्या भयो कि भनेर आज दिनभरी प्रयास गरौँ तर हार्डवयरमै समस्या देखियो ।’ भण्डारीले भनिन, ‘मेसिन मर्मतका लागि अस्पतालले आइतबार सप्लार्यर कम्पनीलाई पत्र काट्ने कुरा भएको छ ।’

हार्डवयरमा समस्या देखिएका कारण मर्मतमा समय लाग्ने उनको भनार्इ छ । ‘हार्डवयर समस्या तत्काल मर्मत गर्न सकिदैन, महिनादिन पनि लाग्नसक्छ ।’ उनले भनिन्, छिमेकी देशबाट प्राविधि झिकाउने वा मर्मतका लागि विदेश पठाउने भन्ने टुङ्गो लागेको छैन ।

मेसिन बिग्रीएपछि अत्यावश्यक व्यक्तिको अर्को पोर्टेबल पीसीआर मेसिनबाट परीक्षण भइरहेको छ । केही स्वावहरु भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र छिमेकी जिल्लामा पठाउने तयारी गरिएको छ ।

कोरोना परीक्षणका लागि प्रदेशमा तीन वटा ठूला र एउटा सानो गरी चार वटा मेसिनहरु छन् । असार ५ गते दैलेखमा भित्र्याएको पीसीआर मेसिन भने प्रयोगशाला पूर्ण रुपमा सम्पन्न हुन नसक्दा पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

आइतबार, आषाढ १४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957