ज्वाला अपडेट

५ वर्ष अगाडि

मानव सरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग मस्तिष्क हो । हाम्रा सबै क्रियाकलाप मस्तिष्कबाटै निर्देशित हुन्छन् र मस्तिष्कले नै सरीरका सबै प्रणालीहरु संचालन गरेको हुन्छ । मस्तिष्क निकै नै संवेदनशील अङ्ग हो र यसमा हुने गडबडीले शारीरिक तथा मानसिक समस्या पैदा गर्छ । त्यसैले हाम्रो मस्तिष्क निकै महत्वपूर्ण अङ्ग हो । यो कुरा धेरैलाई थाहा पनि छ । तर मस्तिष्कको बनाबट तथा कार्यका विषयमा केही रोचक तथा पत्याउनै नसकिने खालका तथ्यहरु भने जानकारी नहुन सक्छ । आउनुहोस त्यस्ता केही जानकारीका बारेमा थाहा पाइराखौ ।

  • हामीलाई कहिलेकाहीँ टाउको दुख्यो वा तनाव भयो भने मस्तिष्क वा दिमाग नै दुख्यो कि भन्ने भान पर्छ । तर खास कुरो के हो भने मस्तिष्क कहिल्यैपनि दुख्दैन । शरीरका अरु भागमा चोटपटक लाग्दा दुखाई महसुस हुन्छ यसको कारण ती अंगहरुमा दुखाइको चेतना ग्रहण गर्ने रिसेप्टर हुन्छन् । तर मस्तिष्क कोषमा त्यस्ता रिसेप्टर हुँदैनन् । अर्थात् अरु अंगको दुखाइको चेतना दिने मस्तिष्कले आफ्नै दुखाइ भने थाहा पाउँदैन ।
  • मस्तिष्कमा यतिधेरै रक्तनली हुन्छन् की सबै रक्तनलीको लम्बाइ जोड्ने हो भने १ लाख माइल हुन्छ । यो सँगै मस्तिष्कमा खरबाँै न्युरोन हुन्छन् । मस्तिष्कले हाम्रो शरीरको १७ प्रतिशत उर्जा खपत गरेको हुन्छ भने २० प्रतिशत अक्सिजन खपत गरेको हुन्छ ।
  •  मानिस ननिदाएको बेला मस्तिष्कबाट १० देखि २३ वाट उर्जा निस्किरहेको हुन्छ । यो उर्जा यतिधेरै हो की त्यो बिजुलीको बल्ब बाल्न समेत पर्याप्त हुन्छ ।
  • महिलाको मस्तिष्क भन्दा पुरुषको मस्तिष्क १० प्रतिशत ठूलो हुन्छ । तर सानो भएपनि महिलाको मस्तिष्कमा पुरुषको भन्दा बढि न्युरोन हुन्छन् र महिलाको मस्तिष्क पुरुषको भन्दा बढि कामकाजी वा सक्रिय हुन्छ । महिलाको मस्तिष्कको बायाँ भाग बढि सक्रिय हुन्छ भने पुरुषको दाहिने भाग । सोही कारण महिला बढि संवेदनशील हुन्छन् भने पुरुष तर्कशील ।
  •  निदाएको बेला मानिसको दिमाग झनै सक्रिय हुन्छ । सपनामा मानिसको मस्तिष्क उति नै सक्रिय हुन्छ जति विपनामा सो काम गर्दा मस्तिष्क सक्रिय हुन्थ्यो । सामान्य ज्ञान तथा आइक्यूमा राम्रो ज्ञान हुने तथा रुची राख्ने मानिसले बढि सपना देख्छ ।
  •  मानिस किन हाँस्छ भन्ने कुरा उसलाई पनि थाहा हुँदैन । मान्छे चाहेर मात्रै हाँस्न सक्दैन । हाँस्ने भने कुरा मस्तिष्कले आफै नियन्त्रित गर्ने काम हो । मान्छे केबल रमाइला कुरा सुनेर मात्र हाँसेको हँुदैन । ४ महिनाको बच्चाले हामीले भनेका कुरा तथा गरेको इशारा बुझ्दैन तरपनि एक्लैएक्लै मुस्कुराउँछ ।
  • मस्तिष्क ठूलो हुँदैमा मान्छे बढि अब्बल हुन्छ भन्ने कुरा गलत हो । अल्बर्ट आइन्सटाइनको मस्तिष्कको तौल केबल १२३० ग्राम थियो जब की पुरुषहरुको मस्तिष्कको औषत तौल १४ सय ग्राम हुन्छ । कतिपयले भने मानिसको टाउको जतिठूलो भयो मान्छे उति नै अब्बल हुने बताउँछन् ।
आइतबार, जेठ ०४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेत नेपालमा र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्राेडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
समाचार : [email protected]
सुचना तथा विज्ञापन : [email protected]
दर्ता नं : 4557/075/076
पान नंं : 618063970

हाम्रो टीम

प्रकाशक : ज्वाला प्राेडक्सन नेपाल
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संवाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957