सुर्खेत, असार २२ । बिग्रिएको पीसीआर मेसिन मर्मतका लागि चासो नदिँदा सुर्खेतमा कोरोना परीक्षण प्रभावित भएको छ । १० दिनदेखि मेसिन थन्किँदा प्रदेशकै राजधानीमा पीसीआर परीक्षण हुन सकेको छैन ।

सुर्खेतको वीरेन्द्रनगरस्थित प्रादेशिक प्रयोगशालामा थुप्रिएको स्वाबको परीक्षण गर्न नमुना नेपालगन्ज पठाउनुपर्ने बाध्यता रहेको छ । मेसिन आपूर्तिकर्ता कम्पनी हेलिक्स इन्टरप्राइजेज प्रा.लिलाई यसबारे समयमै जानकारी गराइए पनि बेवास्ता गरिएको त्रिवि माइक्रोबायोलोजी केन्द्रीय विभाग प्रमुख डा। मेघराज बन्जाराले जानकारी दिए ।

उक्त मेसिन त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट खरिद मूल्यभन्दा साढे ६ लाख रुपैयाँ महँगोमा किनेर चौधरी ग्रुपले कर्णाली सरकारलाई सहयोगस्वरुप उपलब्ध गराएको थियो । डा। बन्जाराका अनुसार २०७६ पुसमा हेलिक्स इन्टरप्राइजेजमार्फत भ्याटसहित २१ लाख ५६ हजार रुपैयाँमा मेसिन खरिद गरिएको हो । उक्त मेसिन वैशाख दोस्रो साता चौधरी ग्रुप (नबिल बैंक) ले भ्याटसहित २८ लाखमा किनेर प्रादेशिक अस्पताल पठाएको थियो । ६ महिनाअघि ल्याइए पनि परीक्षण गरेरमात्र राखिएको उनको दाबी छ ।

कम्पनीले मेसिन खरिद गरिएको न्यूनतम १ वर्षसम्म कुनै खराबी आएमा मर्मत गर्ने वारेन्टी दिएको छ । आपूर्ति गर्ने कम्पनी हेलिक्सले भने अहिलेसम्म मेसिन बनाउन बेवास्ता गरिरहेको छ । हेलिक्स इन्टरप्राइजेजका प्रतिनिधि फिरोज अहमदले मेसिनको सफ्टवेयर प्रणालीमा कुनै समस्या नरहेको र हार्डवेयरमा समस्या हुनसक्ने बताए । मेसिन हेर्ने इन्जिनियर भारतबाट बोलाउनुपर्ने भएकोले केही ढिलो भएको उनको भनाई छ ।

उक्त मेसिनबाट एक पटकमा ९६ वटा स्वाबका नमुना परीक्षण गर्न सकिन्छ । मेसिन आपूर्ति गर्ने कम्पनीलाई जति फोन गर्दा पनि आज भोलि भन्दै टारिरहेको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । उनका अनुसार अहिले सुर्खेतको प्रयोगशालामा आएका नमुना प्रोसेसिङ गरेर रिडिङ को लागि नेपालगन्ज पठाउने गरिएको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारको समन्वयमा चौधरी ग्रुपले मेसिन किनेर सहयोग गरेको बताए । उनका अनुसार कर्णालीमा पीसीआर परीक्षणको चाप बढिरहेको बेला टेन्डर गरेर खरिद गर्दा ढिलो हुने भएपछि सहयोगको लागि आग्रह गरिएको थियो ।

नयाँ मेसिन पनि उही कम्पनीकै

प्रदेश राजधानीमै परीक्षण कार्य रोकिएपछि कर्णाली प्रदेश अस्पतालले नयाँ मेसिन ल्याउने भएको छ । अस्पताल निर्देशक डा. खड्काका अनुसार सोमबार सुर्खेत आइपुग्ने मेसिन पनि बायोराड कम्पनी कै हो । आपूर्तिकर्ता पनि हेलिक्स इन्टरप्राइजेज प्रा.लि हो । अस्पतालले गरेको टेन्डरमा हेलिक्सले भ्याटका अतिरिक्त २४ लाख रुपैयाँमा खरिद गरेर ल्याएको डा. खड्काले बताएको ekantipur.com समाचार छ ।

सोमबार, आषाढ २२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957