काठमाण्डौं । यूकेमा नमुना सङ्कलन गरेको ९० मिनेट मै नतिजा आउने नयाँ जीवन रक्षक कोरोनाभाइरस परीक्षण विधि सुरु हुने भएको छ ।

कोभिड(१९ र अन्य मौसमी बिरामीबीच छुट्याउन सकिने त्यस्तो स्वाब र डीएनए परीक्षण जाडो याममा निकै उपयोगी हुने र आगामी साताबाटै विधि सुरु हुने ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताएका छन् ।

उनले कोरोनाभाइरस परीक्षणसम्बन्धी यो नयाँ विकसित प्रविधि जीवन रक्षक हुने पनि बताए । हालको परीक्षण प्रकृया अन्तर्गत तीन चौथाइ नतिजा २४ घण्टाभित्रै आइसक्ने भएपनि एक चौथाइ नतिजाका लागि दुई दिनसम्म लाग्न सक्छ।

सो परीक्षणको पाँच लाख किट यूकेका वृद्ध हेरचाह केन्द्र र परीक्षण केन्द्रमा आगामी साता उपलब्ध हुनेछ। यो वर्ष थप लाखौँ त्यस्ता किट बनाइने बताइएको छ।

विश्वसनीय
यो परीक्षणका लागि मेशिन निर्माण गरेको कम्पनी डीएनए नजका सहसंस्थापक प्राध्यापक क्रिस टुमाजुले नयाँ परीक्षण द्रूत र विश्वसनीय रहेको बताउँदै यो जुनसुकै स्थानमा लगेर गर्न सकिने बताए ।

परीक्षण किट बनाएको अक्सफोर्ड नानोपोरका प्रमुख कार्यकारी गोर्डन साङ्घेराले यो परीक्षण विश्वभरका लागि सस्तो र सहज परीक्षण हुने सम्भावना रहेको बताएका छन् । नयाँ परीक्षणको विषयमा तथ्याङ्क सार्वजनिक नगरिएको भए पनि विश्वसनीय भए नभएको परीक्षण गर्ने विधि बनाइएको दाबी गरिएको छ ।

यो परीक्षणको सबैभन्दा ठूलो फाइदा भनेको जाडो याममा लाग्ने अन्य फ्लुबाट कोभिड १९ लाई छुट्याउन सकिनु नै रहेको पाईएको छ ।

सोमबार, साउन १९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
समाचार : [email protected]
सुचना तथा विज्ञापन : [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957