सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ४३ जनामा कोरोना संक्रमित थप भएका छन् । बुधवार कर्णालीका विभिन्न स्वाब संकलन केन्द्रबाट लिएको स्वाब परिक्षणका आधारमा कर्णालीका सांसद, क्याम्पस प्रमुख सहित ४३ जनामा कोरोना कोभिड १९ संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
प्रदेश अस्पताल पशुपक्षि रोग अन्वेषण प्रयागशाला सुर्खेतमा गरेको परिक्षणमा सुर्खेतका १०, दैलेखका १, सल्यानका १७, डोल्पाका १ र कास्कीका १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
तिवारीका अनसार दैलेख अस्पताल दैलेखमा गरेको परिक्षणबाट दैलेखका ३ र कर्णाली स्वास्थ्य जिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणबाट जुम्लामा ९ र बाँकेका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, बुधवार सम्म १ सय ६१ जना आईसोलेसनमा रहेको र १ सय ९२ जना सक्रिय केश रहेको तिवारीले जानकारी दिए । हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १९३२ पुगेको छ ।
यसैविच, ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएर नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार, भाद्र ०३, २०७७मा प्रकाशित गरिएको