सुर्खेत । शनिवार सुर्खेत सहित आसपासका तीन जिल्लामा विद्युत सेवा ९ घण्टासम्म अवरुद्ध हुने भएको छ ।
कोहलपुर–सुर्खेत प्रशारण लाइनको ३३ केभी लाइन नजिकका रुखका हांगाहरु काट्नुपर्ने भन्दै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ ।
शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने केन्द्रका प्रमुख टंकाराज गिरीले जानकारी दिए ।
यस्तै रामघाट कल्याणको ११ केभी लाइन निर्माण गर्ने काम पनि सोही समयमा भित्र नै सञ्चालन गरिने गिरीको भनाई छ । कल्याण प्रहरी चौकी नजिकै ३३ केभी लाइन ११ केभीमा परेकाले मर्मत गर्न लागिएको हो ।
लाइनको को पनि विद्युत अवरुद्ध हुदाँ सुर्खेत, दैलेख र जाजरकोटका लाइन शनिवार दिनभर पूर्ण रुपमा बन्द हुने प्रमुख गिरीको भनाई छ ।
https://www.youtube.com/watch?v=xxfi9NkxPcI
शुक्रबार, आश्विन २३, २०७७मा प्रकाशित गरिएको