सबै थोक हुँदाहुँदै पनि हामी किन पछाडी परिरहेका छौँ त ? भनेर घोत्लिएको उत्तर एउटै कुरामा गएर टक्क अडियो– छुवाछुत । प्रश्न उठ्न सक्छ– कसरी रु उत्तर पनि सजिलो छ । यस व्यवस्थाले तीन हजार वर्षदेखि एउटा ठूलो समुदायलाई सामाजिक बन्दी बनाइरह्यो । त्यो समुदायले आफ्नो सीप र क्षमतालाई स्वतन्त्र रुपले विकास गर्न पाएन । उत्पादनका साधन र श्रोतमा उसको स्वामित्व रहेन । उसले उत्पादन गरेका वस्तुमा अर्कै समुदाएको स्वामित्व रह्यो ।

अनि यस्तो शोषणका विरुद्ध आवाज र आन्दोलन पनि चलिरह्यो । नयाँ नयाँ चीजको आविष्कार गर्न प्रयोग हुने उर्जा केवल आन्दोलनमा खर्च भइरह्यो । त्यस्तो अवस्थामा प्रगति कसरी सम्भव हुन्छ ? हामीलाई जानकारी भए अनुसार गौतम बुद्धको पालादेखि यस जात व्यवस्था र छुवाछुतविरुद्ध आन्दोलन भएको देखिन्छ । बुद्धले मुक्ति र मोक्षका लागि अरुलाई गुरु मान्न जरुरी छैन भन्ने सिद्धान्तको प्रतिपादन गरेदेखि जात व्यवस्थाका अभियन्ताहरुले वहाँलाई नास्तिक भनेर परिभाषित गरे पनि अहिले संसारको ८५ प्रतिशत जनसंख्याले जात व्यवस्थालाई अस्वीकार गरेको छ ।

https://www.youtube.com/watch?v=xxfi9NkxPcI

मानव सभ्यताको ८५ प्रतिशत भन्दा बढीले अस्वीकार गरेको यस्तो विचारलाई संस्कार र सभ्यताको रुपमा अभ्यास गरे पछि पछाडी नपर्ने कुरै भएन । जात व्यवस्था र छुवाछुतको अभ्यास गर्ने दुई देश मध्ये नेपाल र भारत मात्रै हुन् । १ सय ९५ वटा सार्वभौम राष्ट्रमध्ये दुई भनेको केवल ०.०१ प्रतिशत हो । यति थोरै देशले मानेको प्रणालीलाई मानेपछि प्रगति हुन्छ ? तर गजबको कुरा त यो छ कि संसारमा पागलपना भएको मान्छेको संख्या पनि लगभग १५ प्रतिशत नै छ ।

जात व्यवस्था एउटा मुद्दा हो,जसमा लगानी ३००० वर्षदेखि भएको छ । तर ८५ प्रतिशतले यसको लगानीलाई जोखिम ठान्छन् भने यसले कसरी प्रगति गर्न सक्छ ? अहिले हाम्रो देशमा समृद्धिको नारा दिएको नास्तिक सरकारले बुद्ध भजाउन त खोजेको छ तर बुद्धको चिहान देखाएर जात व्यवस्था बेचिरहेको छ । जात व्यवस्था पनि बेच्ने जात व्यवस्थाको विरोध गर्नेलाई पनि बेच्ने ? यो हर्कत कहिलेसम्म रहला ? नाममा कम्युनिष्ट अनि उपन्यासका काल्पनिक पात्र रामको जन्म ठोरीमा भएको शंख फुक्ने ? तर गज्जबको कुरा त यो पनि छ कि विश्व जनसंख्याको १५ प्रतिशत जनसंख्या भएका दुई देशले मात्रै जात व्यवस्था फाल्न सकेका छैनन् ।

विश्व बैंकको २०१८ को तथ्यांक अनुसार संसारको सबैभन्दा बढी गरिबहरु बस्ने देश पनि जात व्यवस्था मान्ने देश नै छन् जसमध्ये भारतमा मात्रै संसारका २४ प्रतिशत गरिब बसोबास गर्छन् । प्रतिशतको आधारमा जात व्यवस्था मान्ने र गरिब हुने संसारको सबैभन्दा ठुलो देश पनि भारत नै हो ।

भारतका २० करोड र नेपालमा ६० लाख जनता जात व्यवस्थाको शिकार भएका छन् । आफ्नो जनसंख्याको लगभग १५ प्रतिशत जनताको उत्पादनशील क्षमतामा तालाचाबी लगाउने भूगोलमा संख्यात्मक रुपबाट संसारका सबैभन्दा बढी गरीब जनताको बसोबास हुनु अनौठो कुरा रहेन ।

छुवाछुत र जात व्यवस्थाको अन्त्य नहुँदासम्म साक्षात् विष्णु सुदर्शन चक्र लिएर हिंडे पनि गरिबी अन्त्य हुनेवाला छैन । गरिबी हटाउने पहिलो यन्त्र, मन्त्र, तन्त्र र भनेकै जात व्यवस्थाको संयन्त्रको अन्त्य हो । त्यसको अन्त्यको प्रवेश विन्दु छुवाछुत नै हो ।

हिन्दू धर्म बचाउन या यसमा सुधार ल्याउनका लागि जात व्यवस्थाको विरोध गर्नेहरु आधा सत्य बुझेका दिग्भ्रर्मितहरु हुन् । जात व्यवस्थाको अन्त्य कुनै अमूक धर्म बचाउनका लागि कसैले गर्न जरुरी छैन । जात व्यवस्था अमानवीय, गैर कानुनी र निन्दनीय अभ्यास हो यसलाई जबरजस्ती कुनै धर्मसँग गाँसेर हेर्न जरुरी छैन । कुनै धर्म गुरुले भनेर मान्छेले छुवाछुत र जात व्यवस्थाको अन्त्य गर्दैनन् । गर्ने भए बुद्धका पालादेखि अहिलेसम्म हजारौंले धर्म सुधार गर्ने नाममा जात व्यवस्थाको विरोध गरे तर सफल हुन् सकेनन् । यसको कारण के हो भने धर्म र छुवाछुत र जात व्यवस्थामा कुनै सम्बन्ध छैन । छुवाछुत गैर कानुनी हो, अमानवीय हो, दण्डनीय हो र अपराधिक अभ्यास हो । जात व्यवस्था र छुवाछुत भिन्दै कुरा हुन् । एउटाको अन्त्यसँगै अर्कोको स्वतः अन्त्य हुन् सक्दैन ।

अतः मानवताको मूल्य स्थापना गर्ने पहिलो सर्त नै छुवाछुतको अन्त्य हो । छुवाछुतको अन्त्य भएको भए नेपालको जात व्यवस्थाको हविगत पनि अमेरिका र बेलायत, युरोप, एशिया र अफ्रिकाको जातीय एवम् वर्गीय विभेदको रुपमा रुपान्तरण हुने थियो । विभेदको रुपमा रुपान्तरित हुने थियो । परिवर्तनको समीकरण हल गर्ने पहिलो विधि नै रुपान्तरण हो ।

नेपाल र भारतका गैर दलितले जतिसुकै खोक्रो अहमता देखाए पनि युरोप र अमेरिकामा हाम्रो स्थान दलित सरह नै हो । यहाँको जात व्यवस्थाले पनि हाम्रो नामबाट, हाम्रो बोलीबाट, हाम्रो छालाबाट, हाम्रो घरको गन्धबाट हामी उनीहरु सरह होइनौं भन्ने कुरा बताईरहेको हुन्छ । हामी धनी हुन सक्छौं, हामी धेरै पढेका हुन सक्छौं, हामी महंगा कार चढ्ने हुन सक्छौं, हामी सरकारी ओहोदामा माथि पुगेका हुन सक्छौं तर स्वेत र यूरोपियन हुन सक्दैनौं । मात्र फरक यत्ति हो, हामीसँग छुवाछुत हुँदैन अरु सबै विभेद हुन्छ । यहाँ पनि जात व्यवस्थाको अन्त्यका लागि आन्दोलन जारी नै छ ।

छुवाछुतको र जात व्यवस्था हाम्रो प्रचलनमा जोडिएका व्यवस्था हुन् । छुवाछुतको अन्त्यसँगै जात व्यवस्थाको कायामा आमूल परिवर्तन हुनेछ । जात व्यवस्था अन्त्यको परियोजनालाई टुंगोमा पु¥याउने हो भने छुवाछुतको अन्त्य पहिलो सर्त हो । छुवाछुत अन्त्य नभई जात व्यवस्था अन्त्य हुँदैन । जात व्यवस्थाका नाममा राजनीति र एनजिओको परियोजना संचालन गर्ने परिपाटी रहेसम्म पनि जात व्यवस्थाको अन्त्य हुँदैन ।

जसरी गरीबीको अन्त्य विकसित देशहरुको गोलपोस्ट सारेर खेलिरहने खेल हो, जात व्यवस्थाको अन्त्य पनि त्यही खेलको नयाँ पाटो हो । त्यसकारण हामीले भएभरको शक्ति लगाएर छुवाछुतको अन्त्य गर्नुपर्छ किनकी छुवाछुत हाम्रो मौलिक समस्या हो । छुवाछुत अन्त्य भएपछि जात व्यवस्थाको अन्त्यको बाटो खुल्छ र बल्ल त्यो आन्दोलन रेसिजमको विश्वव्यापी आन्दोलनसँंग जोड्न सकिनेछ ।

सोमबार, आश्विन २६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेत नेपालमा र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्राेडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
दर्ता नं : 15475/078/079

हाम्रो टीम

प्रकाशक : ज्वाला प्राेडक्सन नेपाल
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संवाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957