सुर्खेत । पछिल्लो २४ घण्टामा एकसय १० जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा संक्रमितको कुल संख्या पाँच हजार ३५ पुगेको छ ।
प्रदेश अस्पताल पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला एकसय ७५, दैलेखमा २१, कर्णाली प्रतिष्ठान जुम्लामा १३ र चौरजहारीमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको सामािजक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
पुष्टि हुनेमध्य जिल्लागत आधारमा सबैभन्दा बढी सुर्खेतका ५८, जुम्लाका ९, सल्यानका ७, कालिकोट र रुकुपश्चिमका एकरएक तथा अन्य प्रदेशका ९ जना रहेको कँडेलको भनाई छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर ५० जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या तीन हजार सात सय २८ पुगेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।
https://www.youtube.com/watch?v=xxfi9NkxPcI
शनिबार, कार्तिक ०१, २०७७मा प्रकाशित गरिएको