सुर्खेत । पछिल्लो समय निकै चर्चामा रहेका पव्लिक स्पिकर सिजन २ विजेता प्रखर वक्तारमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् ।
सामाजिक संजालमा कल्पना कल्पना दाहालसंग नाम जोडिए पनि उनको विवाह कालीकोट की नन्दा सिंहसँग हुन लागको हो । रमेश र नन्दाले आगामी मंसिर २२ गते सोमबारका दिन बिबाह गर्न लागेको बताइएको छ ।
अबल वक्तृत्व क्षमताका कारण चर्चित बनेका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले झन चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।
नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए ।
३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने बुझिएको छ ।
मंगलबार, मंसिर १६, २०७७मा प्रकाशित गरिएको