सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रत्येक जिल्लालाई एक/एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्लामा अक्सिजन सिलिन्डर, अक्सिजन आपूर्तिलगायतका समस्या समधानका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिईन् ।

प्रत्येक जिल्लामा एक/एक करोड, प्रदेश अस्पताल सुर्खेत, चौरजहारी अस्पताल रुकुमपश्चिम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक करोड तथा मेहेकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५०/५० लाख रुपैयाँ पठाउने निर्णय भएको छ । यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट जम्मा गर्ने निर्णय भएको केसीले जानकारी दिईन् ।

प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले प्रदेश अस्पतलामा तत्काल एक सय बेड, दैलेख, कालीकोट, जाजरकोट, रुकुमपश्चिममा अक्सिजनसहित एक/एक सय बेड र अन्य जिल्लामा ५०/५० बेड तयार गर्ने गरी काम अघि बढाइएको छ ।

प्रदेश सरकारले अस्पतालमा भर्ना भएका बिरामीका लागि स्वस्थ र पौष्टिक खाना खर्चका लागि हुम्ला, मुगु र डोल्पाका लागि प्रतिदिन छ सय रुपैयाँ, कालीकोट र जुम्लाका लागि प्रति दिन पाँच सय रुपैयाँ र अन्य जिल्लाका बिरामीहरुका लागि प्रतिदिन चार सय रुपैयाँ खाना खर्च उपलब्ध गराउने भएको हो ।

सोमबार, बैशाख २०, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957