सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लकडाउनको उल्लंघन गरेको भन्दै सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञा जारी भएको समयमा वीरेन्द्रनगर नगरपालिका ६ बसपार्कमा अनिल बिसीले सञ्चालन गरेको स्नोकर हाउसबाट सात जनालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी रामप्रसाद घर्तीले बताए ।
उनका अनुसार पक्राउ पर्ने घनश्याम केसी, आकास देबकोटा, वीरेन्द्र शाही, राज घर्ती मगर, विनय बुढा, आकाश प्याकुरेल र कबिर खान रहेको र उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।
बुधबार, बैशाख २२, २०७८मा प्रकाशित गरिएको