काठमाण्डौं । अफगानिस्तानको राजधानी काबुलमा एउटा माध्यमिक विद्यालय नजिकै विस्फोटन हुँदा कम्तीमा ३० जना बढीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
विद्यालयबाट बालबालिकाहरू निस्किरहेको बेलामा शनिवार विस्फोटनहरू भएका थियो । सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा बाटोमा विद्यार्थीका झोलाहरू छरपस्ट देखिन्छन् । मृत्यू हुनेमा अधिकांश छात्रा भएको शिक्षा मन्त्रालयले जनाएको छ।
तालिबानले आफ्नो संलग्नता अस्वीकार गरेको छ । अफगान अधिकारीहरूका अनुसार विस्फोटनका लागि एउटा कार बम र मोर्टारहरू प्रयोग गरिएको थियो ।
आइतबार, बैशाख २६, २०७८मा प्रकाशित गरिएको