सल्यान । स्वास्थ्यकर्मीले लिखित माफी मागेपछि १० घण्टा पछि आफन्तले शव बुझेका छन् । स्वास्थ्यकर्मीले समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आन्दोलन गरेका थिए ।
शुक्रबार बिहान ४ बजे बनगाड कुपिण्डे नगरपालिका ७ घर भई हाल वडा नम्बर १ सल्लीबजारमा बस्दै आएका ४९ वर्षीय भोल बहादुर बुढाको मृत्यु भएको थियो ।
स्वास्थ्यकर्मीलाई पटक पटक फोन गर्दा पनि फोन नउठाएको र घरमै आएर बोलाउँदा पनि जिम्मेवार नबनेको भन्दै आफन्तले स्वास्थ्यकर्मीलाई कारबाहीको माग गर्दै आन्दोलनका साथै घर घेराउ गरेका थिए । स्वास्थ्यकर्मीले माफी माग्दै आउँदा दिनमा यस प्रकारको गल्ती नदोहोर्याउने सहमति पछि आन्दोलन फिर्ता लिएको मृतकका आफन्तले जनाएका छन् । राति बिरामी भएका उनको स्वास्थ्य संस्थामा ल्याउँदै गर्दा एम्बुलेन्समा मृत्यु भएको थियो ।
शुक्रबार, जेठ ०७, २०७८मा प्रकाशित गरिएको