दैलेख । बाईसे चौबिसे राज्यका पालामा दैलेख जिल्लाको पहिलो एक राज्य बेलासपुर रहेको थियो र अर्को दुल्लु रहेको थियो ।
नेपाल एकिकरणको अभियानका क्रममा यी दुई राज्य एकिकरण हुदा बेलासपुर र दुल्लुका राजाहरुले आत्मसमर्पण गरेका थिए भन्ने सुनिन्छ ।
आखिर जे भएपनि अहिले बेलासपुर राज्यका नामबाट निर्माण गरिएको बेलासपुर मन्दिर रहेको छ जुन दैलेखको पर्यटकिय स्थलमध्येको एक हो ।
शनिबार, जेठ ०८, २०७८मा प्रकाशित गरिएको