सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि झण्डै एक अर्ब बराबरको बजेट निकासा गरेको छ । कर्णाली सरकारले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि कर्णालीका ३३ स्थानीय तह अन्तर्गतका रणनीतिक अस्पतालहरूलाई उक्त रकम प्रदान गरिने जनाएको छ ।

चालु आव २०७७/७८ मा कोभिड १९ को रोकथाम, नियन्त्रण र प्रतिकार्य व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालय मातहतका सबै जनस्वास्थ्य सेवा कार्यालय तथा अस्पतालहरुमा कोभिड १९ महामारी नियन्त्रण कार्यक्रमतर्फ ७३ करोड रकम, अक्सिजनलगायतको कोभिड १९ प्रतिकार्य व्यवस्थापनका लागि ११ करोड ५० लाख, स्वास्थ्य सेवा निर्देशनालयको लागि कोभिड १९ सम्बन्धी प्रतिकार्य व्यवस्थापनका लागि थप बजेट १३ करोड ८० लाख गरी जम्मा ९८ करोड ३० लाख निकासा भएको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका जानकारी दिए ।

त्यस्तै, कर्णाली प्रदेशको स्वीकृत दरबन्दीमा दुईतिहाइ स्वास्थ्यकर्मीहरू रिक्त रहेको भन्दै अत्यावश्यक जनशक्ति व्यवस्थापनको लागि १७६ जना सामुदायिक नर्स, ५८ जना कोभिड स्वास्थ्यकर्मी, दरबन्दी करारतर्फ १८३ जना चिकित्सक, नर्स तथा पारामेडिक्स स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

कर्णालीका विभिन्न स्थानीय तहरुमा रहेका अस्पताललाई पनि कोरोनाविरुद्ध लड्नका लागि कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै १२ करोड १२ लाख २० हजार रकम छुट्याएको छ ।

सोमबार, जेठ १०, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
समाचार : [email protected]
सुचना तथा विज्ञापन : [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957