काठमाडौं ।  पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरेका छन्‌ । ​आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको खनालले बताएका हुन्‌ ।

वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले आफूहरूलाई धकेलेर बाहिर निकाल्न खोजेको आरोप लगाएका छन् । नेता नेपालले कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्ने सोच रहेको भन्दै कसरी गर्ने भन्ने विषयमा छलफल गरिरहेको बताए ।

“प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मुख्य उद्धेश्य विदेशीहरूको इसारामा कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न बनाउने हो नेता नेपालले भने अब पार्टी विभाजन गर्ने हो । उहाँ विदेशीहरूको कठपुतली बन्नुभएको छ। त्यही भएर विदेशीहरूको प्रिय पात्र बन्न खोज्नुभएको छ। विदेशीको प्रिय बन्नका लागि कम्युनिष्ट पार्टीलाई बर्बाद पार्न लाग्नुभएको छ, त्यसो हुनाले क्रान्तिकारी पार्टी निर्माण गर्ने र कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्ने हाम्रो सोच छँदैछ । कम्युनिष्ट पार्टीलाई कसरी लोकतान्त्रिक बनाउने, क्रान्तिकारी पनि बनाउने र जनताको प्रिय पार्टी बनाउने भन्ने विषयमा हामी छलफल चलाउँछौँ ।”

 

यसैगरी, नेता भीम रावलले आफूहरूलाई गरिएको कारबाही हास्यास्पद भएको टिप्पणी गरेका छन् । समाजिक सञ्जाल ट्वीटरमा नेता रावलले राष्ट्रघाती काम गर्ने ओलीले साधारण सदस्यबाट हटाएको भन्नु फुटवादको निरन्तरता भएको उनले लेखेका छन्‌ ।

सोमबार एमालेका पूर्व प्रमुख समेत रहेका वरिष्ठ नेता द्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई साधारण सदस्यसमेत नरहनेगरी संस्थापन (ओली पक्षले) निष्कासन गरेको छ ।

मंगलबार, जेठ ११, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957