दैलेख । नेपाली कांग्रेस दुल्लु नगरपालिका १० साविक गमाैडीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट युवा दिपेन्द्र पुरीकाे सभापतित्वमा २७ सदस्यिय समिति सर्वसम्मत चयन गिरएकाे हाे । पुरीलाई आशा लाग्दो युवा नेताको रूपमा हेरिएको कारण पनि सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण बनेको थियो ।
सभापति दीपेन्द्र पुरी लगायत २६ सदस्यीय वडा समिति गठन भएको छ ।
युवा नेता पुरी दुल्लु नगरपालिकाका युवाहरु माझ लोकप्रिय छन् । नेपाली काङ्ग्रेसको स्थानीय राजनीतिमा पुरीको बलियो पकड रहेको देखिन्छ । विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा लागेका पुरीलाई चौतर्फी बधाई आइरहेको छ । यसैविच, अधिवेशनबाट १६ जना क्षत्रिय प्रतिनिधि समेतकाे नाम सिफारिस गरिएकाे छ ।