काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको निर्वाचनमा केपी शर्मा ओलीलाई धुलो चटाइदिने बताएका छन् ।
एमाले विभाजनसँगै एकीकृत समाजवादी चम्किलो ताराको रूपमा उदाउँदै आएको भन्दै आगामी चुनावमा ओलीलाई धुलो चटाइदिने उनले बताएका हुन् ।
केपी ओलीले विधि र विधान विपरित एकल निर्णय गरेर पार्टी र सरकार हत्याउने षडयन्त्रमा लागेकाले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना गर्नुपरेको अध्यक्ष नेपालले बताए ।
अध्यक्ष नेपालले आफ्नो कार्यकर्ताले पसिना बगाएर काम गरेर आफ्नो जीवन निर्वाह गर्न आग्रह गरे । कृषि, उद्योग, सहकारी, व्यापार जुन चिजमा लागे पनि आफ्नो जीवन धान्ने काम गर्नुपर्ने उनको भनाइ छ ।
पार्टी स्कुल स्थापना गर्न लागिएको भन्दै नेपालले पार्टी विस्तार गर्दै जिल्ला, नगर, वडा हुँदै टोलटोलमा पार्टीको कार्यक्रम पुगिरहेको बताउँदै छिट्टै जनवर्गीय संगठनहरू गठन हुने बताए ।
शनिबार, आश्विन ०९, २०७८मा प्रकाशित गरिएको