काठमाडौं । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औं शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भीर गल्ती भएको बताएका हुन् । प्रचण्डपथ भित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उनको भनाइ छ । प्रचण्डपथलाई फ्याँकेका कारण पार्टीमा निराशा पैदा भएको पनि शर्माले बताए ।
बिहिबार, पौष ०१, २०७८मा प्रकाशित गरिएको