नमस्कार आराम हुनुहुन्छ के गर्दै हुनुहुन्छ आजभोली ? नमस्कार, धन्यबाद मलाई अन्तरबार्ताको लागी समय दिनुभयो । म लक डाउनले गर्दा कतै निस्कन पाएको छैन घरमा नै परिवार संग बसेको छु । बाहिर कतै जान मिल्दैन जताततै बन्द छ । सुरक्षाको हिसावले र स्वास्थ्यका हिसावले निकै चुनौती छ । चुनौतीका बावजुत पनि यउटा सर्टमुभि ठुले को छायांकनमा पनि ब्यस्त रहें ।
तपाई पछिल्लो समयको उदाउदो कलाकार, कैले देखि लाग्नु भयो ?
हो म एउटा कला प्रेमी, नेपाली कला जगतलाई माया गर्ने मान्छे हुं त्यसैले म अहिले यो क्षेत्रमा जम्न थालेको छु । मेरो रुची भनेको कला हो त्यसैले सानै देखि स्कुलका विभिन्न कार्यक्रममा सहभागी हुन्थे सायद त्यहि बेला देखि नै हो भन्न चाहान्छु ।
तपाईको सुरवातको भिडियो कुन हो र सबैभन्दा मन परेको कुन हो ?
मेरो सुरु को भिडियो भन्नुपर्दा सोरुपराज आचार्य जि ले गाउनु भयको चटक्कै माया मारेर को म्यूजिक भिडियो हो जुन बुढासुब्बा यूट्यूव च्यानलबाट आउट गरेका छौं । मैले अहिले सम्म ८.९ वटा म्युजिक भिडियो २.३ वटा फिल्म र ६.७ वटा सर्ट मुभि मा अभिनय गरिसकेको छु ।
तपाईं सानै देखि ब्यापारिक माहोलमा हुर्केको मान्छ कसरी कसरी कलाकार बन्ने चाहाना जाग्यो ?
म पहिला कलाकार बन्न चाहन्थे तर नाम कमाउन कलाकार पैसा कमाउन व्यापार के गर्ने सोच्दै थिय दुबै काम सुरु गरे अहिले दुबै बाट सन्तुष्ट छु ।
कलाकारीतामा धेरै चनौतीहरु पार गर्नुपर्छ भन्छन् कतिको सामना गर्नुपर्यो ?
कलाकाराीता मा मात्रै हैन जे सुकै काम गरे पनि चुनौती सामना त गर्नै पर्छ । केही पाउन केही त गुमाउन नै पर्यो नि हैन र ? तर मलाई खासै परेन ।
पैसा भए सजिलै कलाकार बन्न सकिन्छ भन्ने हल्ला छ के यो सत्य हो ?
पैसाले कलाकार हुन सकिन्छ भन्ने कुरा त मेरो बिचारमा शतप्रतिशत गलत कुरा हो र अर्को कुरा पैसा त जेसुकै ठाउँमा र काममा नभै नहुने कुरा पनि हो । मैले त भन्छु पैसा भन्दा नि आफ्नो क्षमतामा आधारित हुन्छ ।
कलाकार र ब्यापारीमा कुन सम्मानित पेशा हो तपाईलाई के लाग्छ ?
अभिनय नै हो किन भने ब्यापारले पैसा कमाउन सकिन्छ र सानो एरियामा परिचय बनाईन्छ कलाकारीताले बिश्वभर नै परिचय बनाउन सकिन्छ । त्यसैले कलाकारीता नै सम्मानित पेशा हो कि ?
यो क्षेत्रमा आउन चाहाने नयाँ ब्यक्तिलाई के भन्नू चाहानुहुन्छ?
स्वागत गर्न चाहन्छु जो कोहि पनि आफ्नो मन भित्र कलाकार बन्न चाहनु हुन्छ आउनुस आफु भित्र भयको अभिनय मन भित्र नै लुकायर न राख्नुस भन्न चाहन्छु ।
प्रेम के हो तपाईंको बिचारमा, कतिको आयो प्रेम प्रस्ताव ?
प्रेम भनेको दुई आत्मा को मिलन हो । प्रमे सबैसंग हुन्छ आमाबुवा, दाजुभाई, दिदीबहिनी, साथीसंगी आदि ईत्यादीमा तर अहिलेको सोचाईमा एक जना केटाले केटीलाई र एक जना केटीले केटालाई मन पराउने माया गर्नु मात्र प्रेम हो भन्छन् ।
आगामी योजना के छ ? र अन्तमा हाम्रो पाठकका लागि केहि भन्नु चाहनुहुन्छ ?
तेस्तो योजना त अहिले खासै केही छैन भन्न पर्यो । यो लकडाउन खुल्यो भने नयाँ केहि कोशेलीहरु ल्याउने सोच मात्र राखेको छ । र अन्तमा सबै जनामा म शिरीष श्रेष्ठ को तर्फ बाट नमस्कार भन्न चाहे आज सम्म हजुर हरुले नै मन पराइ दिनु भयर म अहिले यो छेड सम्म आइपुगको छु अझ धेरै माया को अपेक्षा गर्दछु । अब को केही महिना मा मेरो सानो अभिनय रहेको चलचित्र अधुरो सपना आफुलाई पायक पर्ने हल मा गयर हेर्दिनु हुनेछ भन्ने अपेक्षा राख्दछु र मेरो अभिनय रहेको ठुले सर्ट मुभि केही दिनमा आउनेछ हेरेर सललाह सुझाव दिनुहोला र मलाई यो अन्तबार्ताको लागी सहयोग गर्ने ज्वाला अपडेट डट कमलाई हृदयदेखि आभार भन्न चाहान्छु ।