सुर्खेत । दैलेखको नौमुले गाउँपालिकाको नव निर्वाचितक अध्यक्ष नेकपा माओवादी केन्द्रका छवि सुवेदीले पदभार ग्रहण गरेका छन् । एकीकृत समाजवादी र नेकपा माओबादी केन्द्रको सयुक्त वाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार प्रत्यासी भदे बुढालाई भारी मतान्तरले पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए । पदभार ग्रहण संगै नवनिर्वाचित अध्यक्षले आफुले प्राप्त गर्ने तलबभत्ता कुनै नलिने घोषणा गरेका छन् । आफुले प्राप्त गर्ने तलबभत्ता बाट कोष स्थापना गरि गरिब, पिछडिएका वर्ग र द्वन्दपीडित विद्यार्थीहरु लाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
शनिबार, जेठ ०७, २०७९मा प्रकाशित गरिएको