सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्तावहरू आउन थालेको बताएका छन् ।
सुर्खेतको विरेन्द्रनगरमा नवनिर्वाचित स्थानिय तह जनप्रतिनिधिलाई बधाई दिन आएका अध्यक्ष नेपालले प्रमको प्रस्ताव आएपनि आफु कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताएका छन् । नेकपामा प्रचण्डलाई मात्र नभई आफूलाई पनि प्रधानमन्त्री को अफर आएको भन्दै उनले यस्ता कार्ड मान्छेलाई मूर्ख बनाउन मात्र भएको तर्क राखे ।
नेकपा एमालेसँग एकिकरण वा गठबन्धनको सम्भावना समेत नरहेको उनले बताए । आफूले इमान्दारीता देखाउँदा पनि गठबन्धन दलहरूबाटै धोका पाएको भन्दै नेपालले धेरै अहंकार देखाउनेहरू भष्म हुने चेतावनी पनि दिए ।
बिहिबार, जेठ १९, २०७९मा प्रकाशित गरिएको