सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु. ३२ अर्ब ६१ करोड ६१ लख ६३ हजार बजेट प्रस्तुत गरिएको छ । आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेशसभाको दशौं अधिवेशनको तेह्रौं बैठकमा प्रस्तुत गरेका हुन्।

आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न मन्त्री विष्टले कूल बजेटमा प्रदेशले खर्च गर्ने चालूतर्फ रु. नौ अर्ब १६ करोड ९९ लाख १० हजार २८.११% र पूँजीगततर्फ रु. १९ अर्ब ४३ करोड ५ लाख २४ हजार ५९.५८% बजेट विनियोजन गरिएको जानकारी दिए । त्यस्तै, स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ रु. चार अर्ब एक करोड ५७ लाख २९ हजार अर्थात १२.३१% विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्य आन्तरिक राजश्वबाट रु. ७१ करोड २९ लाख ७४ हजार र चालू आर्थिक वर्षमा खर्च नभई बचत हुने अनुमानित रकम रु. चार अर्ब ५५ करोड ४५ लाख ८५ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुने रकम रु. नौ अर्ब २ करोड २० लाख र वित्तिय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु. १० अर्ब ७२ करोड ६४ लाख र सशर्त अनुदानबाट रु. पाँच अर्ब ६९ करोड ६७ लाख परिचालन गर्ने मन्त्री विष्टले बताए ।

उनका अनुसार संघीय सरकारबाट प्राप्त हुने समपुरक अनुदानतर्फ रु. एक अर्ब २१ करोड ५० लाख र विशेष अनुदानतर्फ रु. ६६ करोड ८० लाख परिचालन गरिनेछ ।

बुधबार, आषाढ ०१, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957