सुर्खेत, जेठ १० । कर्णाली प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परिक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुन परिक्षणका लागि नेपालगन्ज पठाइएको थियो ।
नेपालगन्जमा पनि तीनैजनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले बताए । उनका अनुसार उनिहरू तीनैजना सुर्खेतका नागरिक हुन् । उनिहरूर्ला गएको विहिवार भारतबाट उद्वार गरि बबइमा आरडिटी गरिएको थियो । आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परिक्षण गरिएको हो ।
संक्रमण हुनेमा बराहताल गाउपालीका सुर्खेतका २ जना र चौकुने गाउपालीकाका १ जना गरी ३ जना रहेका छन् । संक्रमण पुष्टि भएका २२ वर्षकी महिला, २५ र ३२् वर्षका पुरूष हुन् ।
यसभन्दा अगाडि दैलेखको आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ भने देशभर ५ सय ८४ जनामा संक्रमण दखिएको छ ।
शनिबार, जेठ १०, २०७७मा प्रकाशित गरिएको