सुर्खेत । सुनचाँदी व्यवसायी सङ्घकाे बावियाचाैर उपशाखा गठन भएकाे छ । सुर्खेत सुनचाँदी व्यवसायी संघकाे पहलमा आईतबार बराहताल गाउपालिका, पन्चपुरी नगरपालिका र चाैकुने गाउपाालिकाकाे केन्द्रबिन्दु मानिने बाबियाचौरमा खड्क बहादुर कसेराकाे अभ्यक्षतामा सात सदस्यिय उपशाखा गठन भएकाे हाे ।
नवगठित उपशाखाकाे उपाध्यक्ष पम्फा सुनार, सचिव टेक बहादुर सुनार र काेषाध्यक्षमा गजल परिवार चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा गोबिन्द सुनार, पदम रसाईली र धर्मराज कसेरा चयन भएकाे सुर्खेत सुनचाँदि व्यवसायी संघका महा सचिव माेहन सुनारले ज्वाला अपडेटलाई जानकारी दिए ।
उपशाखा निर्वाचित कार्यसमितीलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्दै जिल्ला अध्यक्ष ज्ञानेन्द्र बहादुर बिश्वकर्माले सुनचाँदी व्यवसायका चुनाैतीमा सबै पदाधिकारीहरु र व्यवसायीहरु संगठित भई लाग्नुपर्ने बताए ।
सोमबार, पौष २५, २०७९मा प्रकाशित गरिएको