काठमाडौं । खाना पकाउने ग्यास उपभोक्ताको भान्छामा अब थप महंगो हुने भएको छ । नेपाल आयाल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्यमा गरेको वृद्धिसँगै ग्यास महंगिएको हो ।
निगमले बुधबार विज्ञप्ति प्रकाशित गरी माघ १८ गते विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको छ । निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढेर १९ सय १० कायम भएको छ ।
यस्तै, पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल मट्टितेलमा २र२ रुपैयाँ मूल्य बृद्धि भएको छ । अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल डिजेलसहित ग्यासको मूल्य भारतबाट घटबढ भएर आएपनि सरकारले बढाएको थिएन ।
बिहिबार, माघ १८, २०८०मा प्रकाशित गरिएको