सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत नलिई राजीनामा दिने भएका छन् । केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले बुधबार नै राजीनामा दिने लागेका हुन् ।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले केन्द्रको निर्णय र अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिन लागेको बताए ।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर मात्रै राजीनामा दिने अडान लिँदा मंगलबार दिनभर सहमति जुटेको थिएन । जसकारण उनले विश्वासको मत लिन भनेर डाकिएको प्रदेश सभा बैठक पनि बस्दै नबसी स्थगित गरेर बुधबार दिउँसोलाई तोकिएको थियो ।

यसअघि सोमबार प्रचण्डले कर्णालीको मुख्यमन्त्री पद छाड्न पार्टीको प्रदेश कमिटीलाई निर्देशन दिएका थिए । अध्यक्ष प्रचण्डले सोमबार दिउँसो पार्टीका कर्णाली प्रदेश इन्चार्ज मल्ललाई टेलिफोन गरेर मुख्यमन्त्री पद एमालेलाई दिन भनेका थिए ।

बुधबार, चैत्र २१, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957